महिला फुटबलमा सावित्राको दोहोरो ह्याट्रिक
स्याङ्जा | असोज २८, २०७९
स्याङ्जा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार महिला फुटबलको तीन खेल सम्पन्न भएका छन् ।
स्याङजा वालिङ स्थित मालेबगर फुटबल मैदानमा भएको फुटवलको पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिको मद्दतमा एपिएफ फुटवल क्लबले सहज जित निकालेको छ ।
खेलमा एपिएफले प्रदेश नम्बर एक लाई ७–१ गोल अन्तरले पराजित गर्दै जित निकालेकोे हो ।
खेलको २३ औ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेकी थिईन् भने लगत्तै एकै मिनेटमा प्रदेश नम्बर १ की अन्जना थुलुङ्गे राईले एक गोल गर्दै खेल बराबरीको स्थितिमा पु¥याइन् ।
एपिएफकी सावित्रा भण्डारीले खेलको ४० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन भने ४५ औ मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पुरा गरिन् ।
यस्तै सावित्राले खेलको दोस्रो हाफमा ५१ औँ मिनेट र ५८ मिनेटमा चौँथो र पाँचौ गोल गरिन् ।
खेलको ६० औँ मिनेटमा एपिएफकी अनिता केसीले छैटौँ गोल गरेर आफ्नो समुहलाई अगाडि सारिन् ।
त्यस्तै पुन सावित्रा भण्डारीले ६५ औँ मिनेटमा गोल गरेर दोहोरो ह्याट्रिक पुरा गरिन् ।
यस्तै शुक्रबार नै भएको दोसो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेकोे हो ।
खेलको ३३ औ मिनेटमा गण्डकी शान्ती नेपालीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिईन् । त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन ।
शुक्रबारको तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश विच प्रतिस्पर्धा भएको थियो ।
निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि एक–एक अंक बाँडिएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

